काठमाडौं : पिङ्कफङकाे बालगीत 'बेबी शार्क' युट्युबमा १० बिलियन पटक हेरिने पहिलो भिडियो बनेको छ। सन् २०१६ मा सार्वजनिक भएको गीतमा शुक्रबार १० बिलियन भ्युज पुगेको हो।
बेबी शार्क २०२० नोभेम्बरमा लुइ फोन्सीको स्पेनिस गीत 'दिस्पासितो'को कीर्तिमान भंग गर्दै युट्युबमा सर्वाधिक हेरिएको भिडियो बनेको थियो। 'दिस्पासितो' 'बेबी शार्क'भन्दा एक वर्षपछि मात्र सार्वजनिक भएको हो। अहिले 'दिस्पासितो'को भ्युज ७ दशमलब ७ बिलियन रहेको छ।
सन् २०२० मा कोरोनाका कारण विश्व नै लकडाउनमा गएका वेला 'बेबी शार्क'को भ्युज ह्वात्तै बढेको थियो। त्यसअघि बालगीत यसरी सर्वाधिक हेरिएका भिडियोको सूचीमा पर्ने गरेका थिएनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।