|

काठमाडौं : गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट थाहाखबरकर्मी तुलसी भण्डारीसहित दुईजना पुरस्कृत भएका छन्। शनिबार वीरगञ्जमा भएको कार्यक्रममा पुरस्कृत हुने अर्का पत्रकारमा प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठ रहेका छन्।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको गत पुस दोस्रो साताको गरेको निर्णयअनुसार २०७८ सालको पुरस्कार भण्डारी र २०७७ सालको पुरस्कार श्रेष्ठलाई प्रदान गरिएको थियो। पुरस्कारको राशि २५ हजार रूपैयाँ रहेको छ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा तत्कालीन वीरगञ्ज नगरपालिकाका प्रमुख स्व. गिरीको नाममा १७ वर्षअघि पुरस्कार स्थापना गरिएको हो। गिरीको २०६० माघ १ मा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले हत्या गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.