|

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ४९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

१२ हजार ५६२  पिसिआर परीक्षण गर्दा ४५ सय ३४ र २५ सय ६९ एन्टीजेन परीक्षणमा ४२७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, आज थप तीनजनाको मृत्यु भएको छ। त्यसैगरी आज संक्रमणमुक्त हुनेहरूको संख्या ४३५ छ। हाल देशभरमा गरी कुल २५ हजार ६८० सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

जसमा होम आइसोलेनमा २४ हजार ५ सय ८४ र संस्थागत आइसोलेसनमा १ हजार ९६ जना छन्। संक्रमितमध्ये १२२ जनाको आइसियुमा र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ। त्यसैगरी, काठमाडौं उपत्यकामा मात्रै ३३ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो हप्ता देशभर संक्रमित हुनेहरूको संख्या बढिरहेको छ। शनिबार करिब १४ हजारको परीक्षण गर्दा ४६ सय ३६ संक्रमित थपिएका थिए भने ४ जना संक्रमितको मृत्यु भएको थियो।

तीव्र गतिमा संक्रमण फैलिएसँगै सरकारले १५ माघसम्मका लागि देशभरका विद्यालयहरू बन्द गर्नुका साथै सभा, बैठक र जुलुस गर्नसमेत निषेध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.