|

काठमाडाैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काेराेना संक्रमण मुक्त भएका छन्।

आइतबार पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाे उनकाे सचिवालयले जनाएकाे छ।

प्रचण्डलाई अघिल्लाे शुक्रबार पिसिआर परीक्षण गर्दा काेराेना पोजेटिभ देखिएकाे थियाे। त्यसपछि प्रचण्ड निजी निवासमा होमआइसोलेसनमा बसेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.