|

महोत्तरी / काठमाडौं : महोत्तरीको      मटिहानी नगरपालिका-८ बाट स्रोत नखुलेको ३० लाख नगद रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही मटिहानी-३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राइन रहेको प्रहरीले जानकारी दिएको छ।

आइतबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको ज६प ६९४४ नम्बरको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको उक्त रकमसहित उनलाई पक्राउ गरिएको मटिहानी प्रहरी चौकीले जनाएको छ।

उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनलाई रकमसहित नियन्त्रणमा लिइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.