|

काठमाडौं : प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल पुलिसले शतप्रतिशत जित निकालेको छ।नेपाल पुलिस क्लबले समूहका सबै चार खेलमा जित हात पारेको हो।

सोमबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको आफ्नो अन्तिम खेलमा प्रदेश एकलाई ६ विकेटले हराएको थियो। पुलिस यसअघि नै समूह 'ए' को विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो। यद्धपि, कोरोनाका कारण आइतबार खेल स्थगित गरिएको थियो।

यद्धपि, सोमबार भएको खेलमा प्रदेश एकले ८ विकेट गुमाएर १ सय १ रनको स्कोर तयार गरेको थियो।जवाफमा १ सय २ रनको लक्ष्य पुलिसले ४ विकेट गुमाएर १३.१ ओभरमा पूरा गरेको थियो।

प्रदेश एकका लागि ओपनर मिनास थापाले ५९ रन जोड्दा अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन्। बलिङमा पुलिसका मन्जित श्रेष्ठ,  दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले २-२ विकेट लिए।

 पुलिसलाई सहज रुपमा जित दिलाउनका लागि कुशल भुर्तेलले ४४ रन जोड्दा  दीपेन्द्र सिंह ऐरीले २० रन र अनिल साहले २६ रन जोडे।

प्रतियोगितामा समूह 'ए'  बाट नेपाल पुलिस क्लब विजेता र त्रिभुवन आर्मी  उपविजेताको रूपमा अन्तिम चारमा पुग्दा समूह 'बी' बाट एपिएफ विजेता र बागमती प्रदेश उपविजेता बनेर अन्तिम चारमा पुगेका छन्।

अब फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबले बागमतीको सामना गर्दा एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुने छ। दुवै सेमिफाइनल मंगलबार र फाइनल बुधबार हुने कार्यतालिका रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.