सक्रिय संक्रमित मात्रै १९ हजार नाघ्यो

|

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र थप तीन हजार ९ सय ३९ नयाँ संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ९ सय ४३,भक्तपुरमा दुई सय १ र ललितपुरमा ७ सय ९५ जना भेटिएका छन्।

उपत्यकाभित्र सक्रिय संक्रमितको संख्या पनि संक्रमितको संख्या बढेसँगै ह्वात्तै बढेको छ। उपत्यकाभित्र हाल १९ हजार तीन सय ८७ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा १३ हजार ९ सय ८६,भक्तपुरमा १८ सय ४६ र ललितपुरमा ३ हजार पाँच सय ५५ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा देशभरमा ६ हजार ७ सय ३४ जना कोरोना संक्रमति थपिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.