|

दाङ : दाङकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ की ४१ वर्षीया महिला रहेको उपमहानगरका कोभिड–१९ फोकलपर्सन विमल केसीले जानकारी दिए।

उनका अनुसार ति महिलाको सोमबार दिउँसो उपचारको क्रममा बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो। उनलाई गत पुस ३० गते कोरोना भाइरस पुष्टि भएको थियो। केसीले तेस्रो लहर सुरु भएसँगै जिल्लामा पहिलो पकट कोरोना संक्रमणबाट मृत्यु भएको बताए।

उनले ति महिलाले कोरोनाको कुनै पनि खोप नलगाएको बुझिएको जानकारी दिए। त्यस्तै सोमबार तुलसीपुरमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५५ जना व्यक्तिको एन्टिजेन विधिबाट परिक्षण गर्दा २७ जनामा कोरोना  पुष्टि भएको हो।

हाल तुलसीपुर २२९ जना कोरोना सक्रिय संक्रमितहरु रहेका र ति मध्ये ९ जना राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको कोरोना इकाइ अस्पतालमा भर्ना भएको उनले बताए। त्यस्तै आजै ३४ जना कोरोना मुक्त भएका छन्।

पछिल्लो समयमा तुलसीपुरमा ३४९ जना कोरोना संक्रमित भएका र ति मध्ये हाल सम्म १२० जना कोरोना मुक्त भएको फोकल पर्सन केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.