|

काठमाडौं :  प्रदेशले नाम र स्थायी राजधानी पाएको उपलक्ष्यमा प्रदेश सरकारले मंगलबार बिदाको घोषणा गरेको छ।

मधेस प्रदेशका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार सार्वजनिक बिदाको घोषणा गरेका हुन्। यसअघिको प्रदेश २ ले सोमबार ‘मधेस’ नाम र स्थायी राजधानी जनकपुरधाम पाएको छ।

चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएको छ। मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्य र ७८ जनाले स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.