|

काठमाडौं : नेपाल प्रहरीको (नवौं संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ।

योसँगै प्रहरीमा थपिएका तीन पदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरूको विषयले आधिकारिकता पाएका छन्। नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि तीन वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको थियो।

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली संशोधनका लागि गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपनि राजपत्रमा प्रकाशित नहुँदा यसले कानुन सरहको मान्यता पाएको थिएन।

जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षक (असई)को बीचमा वरिष्ठ हवल्दार र प्रहरी नायव निरीक्षक (सई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को बीचमा वरिष्ठ नायब निरीक्षक तीन वटा दर्जा सिर्जना गरिएको छ। 

यस्तो छ नियमावली

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.