|

काठमाडौं : स्वास्थ्य कार्यालय काठमाडौंले बिभिन्न १९ अस्पतालबाट कोरोनाविरुद्धको 'बुस्टर डोज' खोप लगाउँने व्यवस्था गरेको छ।

कार्यालयले सोमबार एक सूचना जारी गरी जिल्लाका बिभिन्न १९ अस्पतालबाट कोरोनाविरुद्धको खोप तथा बुस्टर डोज लगाउन सकिने जनाएको हो।

सरकारले अग्रपंक्तिमा काम गर्नेलाई सोबारबाट बुस्टर डोज दिन थालेको हो। बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ।

यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ। आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ।

अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले बुस्टर डोज पाउनेछन्।

यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिने सरकारको योजना छ। पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टर डोजमा पनि त्यही खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.