|

सोलुखुम्बु : माप्यदुधकोशी गाउँपालिका–१ बुम्बुरीमा छिमेकीको कुटाईबाट एक जनाको ज्यान गएको छ।

आइतबार राति ४५ वर्षीय वाङ्दी शेर्पाको कुटाईबाट छिमेकी ५२ वर्षीय दानु शेर्पाको ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

सोही ठाउँकी ५७ वर्षीय महिलालाई जबरजस्ती करणी गर्ने उद्देश्यले वाङ्दी शेर्पा महिलाको घरमा राति गएको पारम्भिक अनुशन्धानबाट खुलेको प्रहरी निरीक्षक ऋषिराज ढकालले घटनास्थलबाट जानकारी दिए।

महिला चिच्याएपछि छुट्याउन पुगेका दानुलाई वाङ्दीले चिरपट प्रहार गरी हत्या गरेको प्रहरीले पुष्टि गरेको छ। शवलाई वाङ्दी शेर्पा आफैले घटनास्थलबाट करिब २५ मिटर पर भीरमा लगेर फालेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न वाङ्दीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने शवको कानुनी प्रकृया पुरा गरी पोष्टपार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.