|

काठमाडौं : नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ।

मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले आजका लागि सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए। 

प्रदेश २ ले सोमबार ‘मधेस’ नाम र स्थायी राजधानी जनकपुरधाम पाएको छ।  चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएको छ। मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्य र ७८ जनाले स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.