|

काठमाडौं : सत्ता गठबन्धन दलले गठन गरेको सरकार सञ्चालन समन्वय समितिको बैठक बस्दै छ। बैठक आज विहान ९ बजे बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जनाएकाे छ। 

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटमा समन्वय समितिको बैठक बोलाउने बारे निर्णय भएको थियो।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका साथै आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

सोमबारको भेटवार्तामा स्थानीय तहको आगामी निर्वाचन र प्रदेश तथा प्रतिनिधि सभाका निर्वाचनको विषयमा छलफल भएको थियो। प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा आज मंगलबार बिहान ९ बजे बस्ने गरी पाँच दलीय गठबन्धन समन्वय समिति बैठक बोलाउने सहमति भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 

आजको बैठकमा आसन्न निर्वाचन एवं सामसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.