|

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २ लाख  ३८ हजार १८ जना संक्रमित भएका छन्।

अघिल्लो दिनको तुलनामा दैनिक संक्रमितको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ।

सोमबार सार्वजनिक गरिएको विवरणअनुसार एक दिनअघि २४ घण्टामा २ लाख ५८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए।

सोमबार सार्वजनिक गरिएको दैनिक संक्रमितको संख्याभन्दा मङ्गलबार २० हजार ७ सय १२ जना थोरै हो।

भारतमा अहिलेसम्म कुल ३ करोड ७५ लाखभन्दा बढी कोरोना संक्रमित भइसकेका छन्।

तीमध्ये १७ लाख ३६ हजार ६ सय २८ जना अहिले पनि संक्रमित छन्। संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

हाल रहेका सक्रिय संक्रमितमध्ये ८ हजार ८ सय ९१ जना मात्र ओमिक्रोन संक्रमित रहेको पाइएको छ। 

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणमुक्त भएकाहरुको सङ्ख्या १ लाख ५७ हजार ४ सय २१ छ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणमुक्त भएकाको सङ्ख्या ३ करोड ५३ लाख ९४ हजार ८ सय ८२ रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो एक दिनमा ३ सय १० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाबाट मृत्यु भएकाको सङ्ख्या ४ लाख ८६ हजार ७ सय ६१ रहेको छ।

भारतमा कोरोनाको निको हुने दर ९४ दशमलव ०९ प्रतिशत रहेको जनाइएको छ।

कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ५४ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ।

सन् २०२१ को जनवरी १६ बाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो।

सो समयदेखि हालसम्म १ अर्ब ५८ करोड ४ लाखभन्दा बढी कोरोनाविरुद्ध खोप लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.