|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकटस्थ युवा संघ नेपालले ललितानिवासको सरकारी जग्गा हडप्न खोज्ने भन्दै कुमार रेग्मी र नवीन पौडेललाई कानुनी कारबाही गर्न माग गरेको छ।

रेग्मी सर्वोच्च अदालतका न्यायाधीश र पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका छोरा हुन्।

युवा संघ नेपालले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा निवेदन दिँदै रेग्मी र पौडेललाई कारबाही गर्न माग गरेको हो।

ललितानिवासको जग्गा रेग्मी र पौडेलले फिर्ता गरेपछि आयोगले उनीहरूमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो।

विज्ञप्तिमा उल्लेख छ‚ ‘ललितानिवासको सरकारी जग्गा हिनामिना गर्ने कुमार रेग्मी र नवीन पौडेललाई जग्गा फिर्ताको बहाना बनाएर उन्मुक्ति दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय निष्पक्ष र न्यायिक नभएको देखिन्छ।’

यस्तो निर्णयले भ्रष्टहरूलाई प्रोत्साहित गर्ने संघको दाबी छ। त्यस्ता व्यक्तिसँग नैतिकता नहुने बताउँदै आयोगको निर्णयले कानुनको दुरुपयोग भएको संघका अध्यक्ष नरेश शाहीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.