|

कञ्चनपुर : भारतमा रोजगारीका लागि गएकाहरू कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणसँगै घर फर्किन थालेपछि कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार तीन साताको अवधिमै जिल्लामा कोरोना संक्रमितको संख्या ५३६ पुगेको छ। जसमध्ये महाकाली अस्पतालको आइसोलेसनमा ३८ जना र होम आइसोलेसनमा ४९८ जना उपचाररत छन्।

आज मात्रै सबैभन्दा बढी १८४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

भीमदत्त नपामा ६३ जना, दोधारा चाँदनी नपामा ८ जना, वेदकोट नपामा ५ जना, शुक्लाफाँटा नपामा १ जना, पुनर्वास नपामा २५ जना, लालझाडी गापामा १ जना, बेलडाँडी गापामा १ जना, बेलौरी नपामा २३ जना, कृष्णपुर नपामा १२ जना र सीमा नाका गड्डाचौकी हुँदै भारतबाट फर्केका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२३ जनामा संक्रमण देखिएको छ भने पिसिआर परीक्षणबाट ६२ जनाको नतिजा पोजेटिभ आएको छ।

एन्टिजेन विधिबाट चौबीस घण्टामा ५८२ जनाको परीक्षण गरिएको छ भने पिसिआर विधिबाट १०४ जनाको कोरोना परीक्षण गरिएको छ।

कोरोना परीक्षण गरिएका केही लक्षणविहीन रहेका छन् भने केहीमा लक्षण देखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.