|

काठमाडौं : पश्चिमी वायुको प्रभावले देशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान प्रदेश १ र मधेश प्रदेशलगायत पहाडी भू-भागमा मौसम आंशिक बदली रहेको छ। तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ।

दिउँसो लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा भने हल्का हिमपातको सम्भावना छ।

राति देशको पहाडी भू-भागलगायत लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.