प्रतिडोज १००० रूपैयाँमा बिक्री!

|

काठमाडौं : सरकारले २५ लाख खोप गायब भएको जनाएको छ। मंगलबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २५ लाख डोज खोपको कहीं कतै रेकर्ड नै नभेटिएको बताएका हुन्। 

सचिव पोखरेलले खोप गायब भएको बताएपछि अहिले ती खोप कर्पोरेट हाउसलाई बेचेको भन्दै चर्चा हुन थालेको छ। स्वास्थ्य मन्त्रालयका पूर्वप्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले त कर्पोरेट हाउसमा गएर खोजे खोप भेटिने बताएका छन्। 

सामाजिक सञ्जाल ट्विटरमा गौतमले लेखेका छन्, ‘हराएको २०–२५ लाख डोज भ्याक्सिन पत्ता लगाउन कन्सल्ट्याण्ट नियुक्त गरेर प्रदेश, जिल्ला र पालिका पठाउने, कर्पोरेट  हाउसतिर खानतलासी गरे पुग्छ, रेकर्ड नराखी भ्याक्सिन लगाउनेलाई अर्को वर्ष पदक पक्का!’

 

यस्तै‚ जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले पनि खोप उपत्यकाका कर्पोरेट हाउसहरूमा एक हजार रूपैयाँमै बेचिँदै आएको सूचना पाएको बताएको छ।  सरकारले सार्वजनिक निकायमा खोप कार्ड अनिवार्य गराएसँगै खोप केन्द्रमा गएर खोप लगाउने भिड बढेको छ। त्यसलाई विचौलियहरूले फाइदा उठाउँदै खोप कर्पोरेट हाउसमा अवैध रुपमा बेच्न थालेका शंका गरिएको छ। 

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पनि कर्पोरेट हाउसमा एक हजार रुपैयाँका दरले खोप बिक्री भइरहेको सूचना आफू कहाँ आएको जानकारी दिए। ‘केही कर्पोरेट हाउसहरूमै पुगेर एक हजार रुपैयाँ प्रतिडोजमा खोप लगाइन थालेको सूचना आएको छ,’ उनले भने, ‘अब कडाइ नगरे खोप कालोबजारी हुने अवस्था देखियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.