|
बोर्नियोको कालिमान्तान टापूमा सारिने इन्डोनेसियाली राजधानीमा बनाइने राष्ट्रपति भवनको प्रारुप। तस्वीर सौजन्य : द जकार्ता पोस्ट

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित भएको छ।

जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो।

यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्वपूर्ण उपलब्धीका रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ।

इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहँदै आएको थियो।

राजधानी सार्नेसम्बन्धी अवधारणा विगतमा केही पूर्वराष्ट्रपतिले पनि उठाउँदै आएका थिए।

जाकार्ताको जनसंख्या अत्यधिक हुनु, जमिनको अभाव हुनुलगायत कारणले राजधानी सार्नुपर्ने आवाज उठेको थियो।

राजधानी सार्न थालिएको ठाउँ नुसान्तरा शहर झण्डै २ लाख ५६ हजार हेक्टर क्षेत्रफलमा फैलिनेछ।

यो ठाउँको छनोट भने पूर्वराष्ट्रपति जोकोवीले छनोट गरेको राष्ट्रिय विकास तथा योजनामन्त्री सुहार्सो मोनोअर्राफले जानकारी दिए। 

इन्डोनेसिया विश्वको चौथो धेरै जनसंख्या भएको मुलुक हो।

इन्डोनेसियाको जनसंख्या अहिले २७ करोडभन्दा बढी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.