|

काठमाडौं : अग्रपंक्तिमा खटिनेहरूलाई  दिन थालिएको कोरोनाविरुद्धको बुस्टर डोज खोपका लागि उपत्यकाका अस्पतालहरूमा भिड बढेको छ। उपत्यकाका करिब २० स्थानमा खोप लगाइने भए पनि प्राय सबैतिर उत्तिक्कै भिडभाड रहेको पाइएको हो।

सिभिल अस्पताल, प्रसूति गृह, नर्भिक अस्पताल लगायतका खोप केन्द्रहरूमा पालो पाइनसक्नु भिड देख्‍न सकिन्थ्यो। लामो लाइन र उच्च भिडभाडले कोही लाइनमा पालो कुरिरहेका देखिन्थे भने कोही पालो नआउने देखेर यत्तिक्कै फर्किरहेका थिए।

यसअघि पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुस्टर डोजमा पहिले लगाइएकै खोप दिइनेछ।​ ६० वर्ष र उक्त उमेरभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने माघ १४ गतेदेखि बुस्टर डोज दिइने बताइएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.