|
फाइल फोटो

काठमाडौं : सरकारले कोरोना परीक्षण शुल्क घटाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी प्रयोगशालामा कोरोना परीक्षणका लागि यसअघि लिँदै आएको एक हजार रुपैयाँ शुल्कलाई आठ सय रुपैयाँमा झारिएको छ। 

निजी अस्पतालहरुले लिँदै आएको शुल्क भने १ हजार ५ सय रुपैयाँ कायम गरिएको मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले जानकारी दिए। 

लक्षण देखिएका र पिसिआर परीक्षणका लागि चिकित्सकले सिफारिस गरेको अवस्थामा सरकारी प्रयोगशालामा नि:शुल्क परीक्षण हुने उनले बताए।

'लक्षण नदेखिएका र अन्य प्रयोजनका लागि परीक्षण गर्दा भने आठ सय रुपैयाँ शुल्क लाग्छ' उनले भने।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.