|

काठमाडौं : वायु सेवा सञ्चालक संघ नेपालले खोप कार्ड देखाए आन्तरिक हवाई यात्रा गर्न पाइने व्यवस्था गरेको छ। सञ्चालक संघले हवाई यात्रुको एन्टिजेन्ट परीक्षण अनिवार्य गर्ने व्यवस्था हटेको जनाएको हो।

संघले बुधबार जारी गरेको सूचना अनुसार अब हवाई यात्रुहरूले विमानस्थल प्रवेश गर्दा कोभिड-१९ बिरुद्धको खोप कार्ड मोबाइल फोटो भए पुग्ने छ।

यसका लागि संघले आफ्नो सदस्यहरुलाई सर्कुलर गरिसकेको जनाएकाे छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.