|

हेटौंडा : मास्क कालोबजारी गर्ने ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

सर्जिकल मास्कको मूल्य बढाएर बेच्ने फार्मेसी सञ्चालकहरूलाई मकवानपुर प्रहरीले बुधबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ मा रहेको अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी, सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे र सोही स्थानमा रहेको सम्पूर्ण फार्मेसीका सजिता पोख्रेल रहेका छन्।

यसअघि मकवानपुर प्रहरीले मंगलबार पनि मास्कमा कालोबजारी गर्ने २ जनालाई पक्राउ गरेको थियो।

सर्जिकल मास्कको मूल्य अत्यधिक बढाएर १० देखि १५ रूपैयाँसम्ममा बिक्री गरिरहेको गुनासो आएपछि प्रशासनको निर्देशनमा मकवानपुर प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

पक्राउ परेकाहरूलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.