|

काठमाडौं : मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्नेलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ।

बुधबार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्ने र पसलमा किनमेल गर्न आएका व्यक्तिलाई एक/एक सय रुपैयाँ जरिवाना गरेको हो।

त्यस्तै प्रशासनले काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ।

अनुगमनपछि सञ्चारकर्मीहरूसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँडडुल गर्नेलाई कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्डबारे सचेत गराइएको बताए।

उनले मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाइने विषयमा सचेत गराइएको र स्वास्थ्य मापदण्ड पालना नगर्ने सर्वसाधारणलाई १०० रुपैयाँ तिराइएको जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले भने, ‘आज जिल्ला प्रशासन कार्यालयबाट विभिन्न मलहरू, बजार क्षेत्रका पसलहरूमा जिल्ला प्रशासन कार्यालयबाट अनुगमन गरियो।’

सहायक प्रमुख जिल्ला अधिकारी केसीले सबैभन्दा ठूलो र महत्त्वपूर्ण अनुगमनकर्ता नागरिक भएकाले नागरिक नै सचेत बनेर सरकारले जारी गरेका कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.