|

चितवन : गैंडाको आक्रमणबाट चितवनमा दुई महिला घाइते भएका छन्। घाइते हुनेहरूमा भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीका बुदना महतो र धोधारी महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउँसो साढे ३ बजे आफ्नै घरअगाडि घाम तापिरहेको अवस्थामा एक्कासी गैंडाले आक्रमण गरेको थियो.

आक्रमणबाट घाइते भएका उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.