|

बैतडी : क्रिकेटको विकासका लागि कलम चलाएको भन्दै बैतडी जिल्ला क्रिकेट संघले थाहाखबरकर्मी विनोदसिंह विष्टलाई बुधबार सम्मान गरेको छ।

बैतडी जिल्लामा क्रिकेटको विकासमा पत्रकारितामार्फत योगदान पुगाएको भन्दै विष्टलाई नगद २ हजार ५ सयसहित सम्मान गरिएको हो।

संघको सातौँ जिल्ला अधिवेशनको अवसरमा विष्टलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापा, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले दोसल्ला, प्रशंसापत्र नगदसहित सम्मान गरे।

बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका बासिन्दा विष्ट १२ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.