|

संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिकामा विद्यालयहरूमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय सञ्चालनमा रोक लगाइएको छ। गाउँपालिकाले बुधबार सूचना जारी गर्दै आगामी माघ १२ गतेसम्मका लागि विद्यालय बन्दको घोषणा गरेको हो।

चिचिला–३ को जालपा माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको भन्दै चिचिलाले पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले जानकारी दिए।

मंगलबार गरिएको परीक्षणमा वडा नम्बर ३ को जालपा माध्यमिक विद्यालयका १३ जना शिक्षक तथा विद्यार्थी र दिदिङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा समेत कोभिड १९ को संक्रमण पुष्टि भएको अध्यक्ष शेर्पाले बताए।

संक्रमण झनै बढ्ने देखिएपछि विद्यालय बन्द गर्नुपरेको उनको भनाइ छ। त्यस्तै चैनपुर नगरपालिकाले समेत कोरोना संक्रमण बढेको भन्दै नगरका सबै विद्यालय पुस ३० गतेदेखि माघ १५ विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.