|

अफ्रिकन कप अफ नेशन्सअन्तर्गत समूह 'डी' मा इजिप्ट अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ। बुधबार राति भएको निर्णायक खेलमा  सुडानलाई १-० ले पराजित गर्दै इजिप्ट ६ अंकका साथ समूहको उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

पहिलो हाफमा लिएको अग्रता नै इजिप्टलाई अन्तिम १६ मा पुग्न पर्‍याप्त रह्यो। इजिप्टका लागि अब्देलमोनेम मोहम्मद अहमेदले ३५औँ मिनेटमा बेखितको एसिस्टलाई सुदुपयोग गर्दै टिमलाई अग्रता दिलाए।

जुन अग्रता नै निर्णायक बन्यो। दोस्रो हाफमा पनि मोहम्मद सलाहको इजिप्टले गोलका केहि प्रयास गरेपिन सफल भएन।

त्यस्तै, नाइजेरिया समुहचरणका सबै तीन खेलमा जित निकाल्दै ९ अंकका साथ शिर्ष स्थानमा रहँदै विजेताका रुपमा नकआउटमा स्थान बनाउन सफल भयो। नाइजेरियाले गिनि बिसुलाई २-० ले पराजित गरेको थियो।

इजिप्ट भने पहिलो खेलमा नाइजेरयासँग पराजित हुँदा दोस्रो खेलमा गिनि बिसुमाथि जित निकालेको थियो। अन्तिम खेलमा सुडानलाई पराजित गरेसँगै नकआउटमा स्थान पक्का गर्‍यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.