|

काठमाडौं : विभिन्न सात विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्।

आफूहरू गरिब जनताको पक्षमा भएको दाबी गर्दै व्याप्त महँगी, भ्रष्टाचार, चुहावटको विरुद्ध फेरि संघर्षमा होमिनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।

कोरोना महामारीले जनता आक्रान्त भएको अवस्थामा राहत दिनुको साटो गरिबको चुल्हो निभाउने काम भएको भन्दै आक्रोश व्यक्त गरिएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले महँगी बढ्न गई सेवाग्राही र जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिएर गरिबलाई राहत प्याकेजको व्यवस्था गर्न जोडदार माग गरिएको छ। ​

देशैभरिका नेता कार्यकर्तालाई मूल्यवृद्धिविरुद्धको आन्दोलनमा उत्रन आह्वान गरिएको छ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल, अखिल पाँचौँकी अध्यक्ष पवित्रा आचार्य, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी, राष्ट्रिय विद्यार्थी संघका नेता रन्जित निष्पक्ष, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, अखिल क्रान्तिकारीका अध्यक्ष सुन्दर रायमाझी र राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष अनुप लामिछानेले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.