|
फाइल फोटो

काठमाडौं : तीब्र गतिमा फैलिइरहेको कोरोना संक्रमण नेपालमा थप उकालो लाग्ने क्रम जारी छ। बिहीबार १२ हजार बढी संक्रमित थपिँदा काठमाडौं जिल्लामा मात्रै ५ हजार १ संक्रमित थपिएका छन्। 

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ९८ पुगेको छ। 

उपत्यकामा झण्डै ७ हजार संक्रमित थपिँदा ललितपुरमा ११ सय २० र भक्तपुरमा ८ सय ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार ललितपुरमा सक्रिय संक्रमित ६ हजार ६ सय १२ र भक्तपुरमा ३ हजार ७ सय ८३ जना रहेका छन्। 

१४ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित

कोरोना संक्रमण तीब्र गतिमा फैलिएसँगै ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाको संख्या १४ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती र प्रदेशका एकका बढी जिल्लामा सक्रिय संक्रमित ५ सयभन्दा धेरै छन्। 

मन्त्रालयको विवरणअनुसार बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रेपलान्चोकमा ५ सय बढी संक्रमित रहेका छन्।

त्यस्तै प्रदेश एकका मोरङ, सुनसरी र झापा, लुम्बिनीका बाँके र रुपन्देही, मधेश प्रदेशको धनुषा, गण्डकीको कास्की र सुदूरपश्चिमको कैलालीमा पनि सक्रिय संक्रमित ५ सयभन्दा बढी रहेको मन्त्रालयले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.