|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता देव गुरुङले देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसविरुद्ध सजग हुनुपर्ने बताएका हुन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले विश्वव्यापीकरणका कारण देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपिएको बताए।

अन्तरराष्ट्रिय रूपमा हावी भइरहेका संस्कार, संस्कृति र चिन्तनले नेपाली संस्कार र संस्कृतिलाई विस्थापित अथवा निरुत्साहित पार्ने खतरा रहेको उनले चर्चा गरे।

नेता गुरुङले सांस्कृतिक अतिक्रमणविरुद्ध सजग रहनुपर्नेमा जोड दिए। उनले देशभित्रका पनि एउटा समुदायले अर्को समुदायको संस्कार र संस्कृतिको अतिक्रमण गरिरहेको उल्लेख गर्दै त्यसबाट पनि सजग रहनुपर्ने बताए।

उनले भने, ‘अहिले विश्व ग्लोबलाइजेशनको अवस्थामा छ। यो स्थितिमा कतिपय राष्ट्रिय भाषा, धर्म, संस्कार र संस्कृतिको सन्दर्भमा रक्षा गर्ने प्रश्नमा कतिपय चुनौती छन्।’

उनले नेपाली जनताले अंगीकार गरेका सबै भाषा, संस्कुतिलाई समान रूपमा मान्यता स्थापित गर्दै संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.