|

डडेल्धुरा : डडेल्धुरा जिल्ला क्रिकेटको संघको अध्यक्षमा हरिप्रसाद उप्रेती निर्विरोध भएका छन्। 

जिल्ला सदरमुकाममा बिहीबार सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट उप्रेतीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

संघको उपाध्यक्षमा जगदीश पनेरु, सचिवमा निरज रावल र कोषाध्यक्षमा देवकी भट्ट चयन भएका छन्। 

आगामी ४ वर्षका लागि संघको नयाँ कार्यसमिति चयन भएको र यो कार्यसमितिले क्रिकेटको विकासका लागि पहल गर्ने अध्यक्ष उप्रेतीले बताएका छन्।

संघको सदस्यमा लालबहादुर साउद, वीरबहादुर साहु, सुरेन्द्रबहादुर साहु, मनोज पाठक, हर्क घिमिरे, बासुदेव जोशी, रवीन्द्र केसी, विष्णुराज ओझा र दीपक गुरुङ रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.