|

चितवन : नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खैरहनी नगरपालिका स्थायी घर भई भरतपुर महानगरपालिका-३ बस्ने  पबिता घतानी र राप्ती नगरपालिका–७ का गगनलाल तामाङ्ग छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान साढे १० बजे भरतपुर महानगरपालिका–३ बेलचोकमा रहेको फेन्सी पसलमा कपडा खरिद गर्न आएकी पबिताले कपडा खरिद गर्दा दिएको नोट नक्कली भेटिएको थियो।

त्यसलगत्तै प्रहरी टोलीले घतानीलाई पक्राउ गरी उनको साथबाट नक्कली जस्तो देखिने एक हजार दरको नेपाली नोट १० थान फेला परेको प्रहरीले जनाएको छ।

गगनलाई समेत सोही दिन नियन्त्रणमा लिएर उनी बसेको होटलबाट ल्यापटप र मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट गगनलाल तामाङ्ग लेखिएको सौर्य दैनिकको प्रेस कार्ड समेत फेला परेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.