|

जुम्ला : कोरोना भाइरसको तेस्रो लहरसँग लड्न तयारी हुन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले तीव्र गतिमा संक्रमण फैलिन थालेका वेला अस्पताल र डाक्टरको हुने भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको थालेको तयारीबारे बुझ्न छलफल गरेको बताइन्।

त्यस्तै जिल्ला समन्वय समितिका कावा प्रमुख कार्मा बुढाले तेस्रो लहर कोरोना संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण रहेकाले यसलाई मद्देनजर गर्दै प्रतिष्ठान तयारी रहन अनुरोध गरे। उनले अक्सिजन र आइसोलेसनको अवस्थाबारे जानकारी दिन भनेका छन्।

त्यस्तै नन्दाबक्स गण जुम्लाका गणपति रबिन थापा र प्रहरी राष्ट्रिय अनुसन्धान कार्यालय जुम्लाका डिएसपी राजकुमार न्यौपानेले सरोकारवालाले  जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरे।

तयारी अवस्थामा छ प्रतिष्ठान

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक राजीव शाहले कोरोनाको तेस्रो लहरसँग जुध्न प्रतिष्ठान तयारी अवस्थामा रहेको बताए। उनले भने, ‘प्रतिष्ठानमा १२० वटा आइशोलेसन बेड तयारी अवस्थामा छन्। त्यस्तै आइसियू बेड पनि तयारी अवस्थामा छन्।’

उनले प्रतिष्ठानमा पिसिआर किटको अभाव भएको बताउँदै सम्बन्धित ठाउँमा माग गरेको जानकारी दिए। अहिले जुम्लामा ८ जना कोरोना संक्रमित छन्।

त्यस्तै जुम्ला विमानस्थलमा हेल्थ डेक्स राख्ने निर्णय गरिएको छ। जुम्लास्थित सरकारी तथा गैरसरकारी संस्थालाई कोभिडसँग सम्बन्धित स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गर्न अनुरोध गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.