|
फाइल फोटो

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम  पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ। दिउँसो पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू-भागमा सामान्यतः सफा रहने भए पनि पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.