|

काठमाडौं : कोरोना संक्रमित बढ्दै गएपछि १४ जिल्ला रेड जोन परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५०० भन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखेको छ।

मन्त्रालयका अनुसार बागमती प्रदेशका काठमाडौं, ललितपुर भक्तपुर, चितवन, मकवानपुर र काभ्रेपलाञ्चोक रेड जोनमा परेका छन्। यस्तै‚ प्रदेश १ का मोरङ, सुनसरी र झापा तथा मधेस प्रदेशको धनुषा रेड जोनमा परेका छन्। गण्डकीको कास्की, लुम्बिनीका बाँके र रुपन्देही तथा सुदूरपश्चिमको कैलालीमा रेड जोनमा परेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार बिहीबारसम्म नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ। सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं‚ ललितपुर र भक्तपुरमा मात्र ३७ हजार ९३ जना छन्।

पछिल्लो चार दिन यता कोरोना संक्रमित दर उकालो लागेको छ। सोमबार ६ हजार ७३४ जना कोरोना संक्रमित भएका थिए भने त्यस यता मंगलबार १० हजार २५८, बुधबार ११ हजार ३५२ र बिहीबार दिन १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.