|

काठमाडौं : सरकारले पछिल्लो समय कोरोना संक्रमणदर तीव्र बढेपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु भनेको छ। सार्वजनिक ठाउँमा कम्तीमा दुई मिटर दूरी कायम गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै, २५ जनाभन्दा बढी मानिस जम्मा हुन, भिडभाड गर्न र भेला हुनसमेत निषेध गरेको छ। 

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले थेगिनसक्नु भिड छ। अहिले एयरपोर्टमा विदेशबाट नेपाल आउनेहरूलाई लिन जानेको उत्तिक्कै लाम छ।

कोरोना संक्रमण जोखिम भए पनि त्यहाँ कुनै व्यवस्थापन गरेको पाइँदैन। संक्रमण अवधिमा पनि विदेश जानेकाे चाप उत्तिक्कै छ।

सरकारी तथ्यांकअनुसार हिजो-आज पनि दैनिक करिब १५ सयभन्दा बढी युवा विदेशिन्छन्। 

हेर्नुहोस तस्बिर

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.