|

पर्वत : गण्डकी प्रदेशमा कोभिड-१९ बाट थप दुईजनाको मृत्यु भएको छ। थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै गण्डकीमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक हजार चार सय ३२ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पर्वतकी एक महिला र गोरखाका एक पुरुषको मृत्यु भएको हो। पर्वतको कुश्मा नगरपालिका–१३ की २३ वर्षीया महिलाको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनमा बिहीबार नै कोरोना सङ्क्रमणको पुष्टि भएको थियो।

मृत्यु हुने अर्का एकजना गोरखाको गोरखा नगरपालिका–११ का ४० वर्षीय पुरुष रहेका छन्। बिहीबार मात्र सङ्क्रमणको पुष्टि भएका उनको पनि बिहीबार नै मृत्यु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.