|

काठमाडौं : आरोहण गुरुकुलको पुनरागमनपछिको पहिलो नाटक 'पुतलीको घर'को मञ्चन रोकिएको छ।

कोरोनाको संक्रमण तीव्र रुपमा फैलिएपछि माघ ७ गतेदेखि नाटक मञ्चन नहुने भएको हो। 

माघ १ गते सुरु भएको नाटक २२ गतेसम्म मञ्चन हुने भनिएको थियो। तर, कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र गतिमा फैलन थालेपछि आरोहण गुरुकुलले ७ गते मञ्चन रोक्ने निर्णय गरेको हो। 

उसले शुक्रबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आरोहण गुरुकुलद्वारा सञ्चालन भइरहेको र हुने सबै प्रदर्शन तत्कालका लागि स्थगन गरिएको जनाइएको छ। 

सुनील पोखरेलको निर्देशनमा तयार भएको नाटक गुरुकुलको सबैभन्दा सफल नाटकमध्ये एक हो।

पुतलीको घर नर्वेली नाटककार हेनरिक इब्सनको विश्वचर्चित नाटक 'अ डल्स हाउस'को नेपाली अनुवाद हो।

यसको अनुवादक निर्देशक पोखरेल नै हुन्। 

दश वर्षपछि फेरि रंगमञ्चमा फर्किएको आरोहण गुरुकुलले पुतलीको घर मञ्चन गर्दै औपचारिक रुपमा पुनरागमन गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.