|

दाङ : दाङमा प्रहरीले दुई छुट्टाछुट्टै मुद्दामा फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका-३ का ५३ वर्षीय नैनबहादुर कामी र घोराही-३ कै ४० टेकबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

कामीलाई दाङ जिल्ला अदालतले २०७६ साल असार ३ गते लेनदेन मुद्दामा १ वर्ष कैद फैसला गरे पनि उनी फरार रहेका थिए।

फरार कामीलाई खोजतलास गर्दै जाँदा माघ ५ गते लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

त्यस्तै उनका अनुसार नेपालीलाई पनि दाङ जिल्ला अदालतले लागुऔषध मुद्दामा २०७८ साल वैशाख १५ गते २ वर्ष कैद र १ लाख जरिवाना फैसला गरे पनि उनी फरार थिए।

उनीलाई पनि माघ ५ गते बिहान लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रवक्ता रिजालले जानकारी दिए। पक्राउ परेका दुवैजनालाई शुक्रबार अदालतमा बुझाइएको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.