|

काठमाडाैं : मधेश प्रदेशको बजारहरूमा अत्याधिक भीड देखिएको छ।

मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित भेटिएपनि स्थानीय तहमा भने सतर्कताको अभाव देखिएको हो।

बजारमा भीडभाड अत्याधिक देखिएको छ भने सर्वसाधारणहरू स्वास्थ्य मापदण्ड अपनाउन छाडेका छन्। बिना मास्क बजारमा सर्वसाधारणहरू आवतजावत गर्ने गरेका छन् भने भीडभाड समेत देखिएको छ।

मधेश प्रदेशमा १४ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक बिजय झाले जानकारी दिए। ५ सय २७ जना परिक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको हो।

पछिल्लो केहि दिनदेखि मधेश प्रदेशमा कोरोना संक्रमणको दर बढेको छ। अहिले दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिदै गएका छन्। झाले मधेसमा करिब ५० प्रतिशतले खोप लगाएको जानकारी दिए।

पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बढ्दै गएको कोभिड संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.