|

काठमाडाैं : स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री देउवाले  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे सर्वदलीय बैठक बोलाएका हुन्। स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरुसँग छलफल गरेका थिए। त्यसअघि शुक्रबार सत्तारुढ दलकाे उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेकाे थियाे।

बैठकले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयाेग र कानुन विज्ञसँग छलफल गर्ने निर्णय गरेकाे थियाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.