|

काठमाडौं : नेकपा एमालेका नेता डा. भीम रावलले मन्त्री रेणु यादवको अभिव्यक्तिले सरकारमा रहेका व्यक्तिहरूको गैरजिम्मेवार चरित्रलाई देखाइरहेको टिप्पणी गरेका छन्।

भौतिक पूर्वाधारमन्त्री यादवले केही दिनअघि जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन्। यस्ता अभिव्यक्तिले मनपरितन्त्र,ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्ने नेता रावलको दाबी छ।  

'सरकारमा रहेका केही व्यक्तिहरू मनपरी गर्ने र बोल्ने गैरजिम्मेवार चरित्र देखाइरहेका छन्। यसको पछिल्लो श्रृंखला मन्त्री रेणु यादवको अर्को गौर काण्ड गर्ने धम्कीमा देखिएको छ', उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'गैरकानुनी र गलत काम कुरामा छुट हुने हो भने लोकतन्त्र होइन मनपरितन्त्र,ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्छ।'

जनता समाजवादी पार्टीकी नेतासमेत रहेकी यादवको उक्त अभिव्यक्तिले चौतर्फी आलोचना भइरहेको छ।

यो पनि

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.