|

सिन्धुली : जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

हरिहरपुरगढी गाउँपालिका ४ बाह्रबीसेमा शुक्रबार राति करिब साढे ९ बजेको समयमा बालुवा लोड भएको ना५त ५०६३ नम्बरको ट्याक्टर पल्टिँदा हरिहपुरगढी-३ का ३५ वर्षीया काजीमान जिम्बाको मृत्यु भएको हो।

मदन भण्डारी राजमार्गमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिएर आफैँ अनियन्त्रित भएको ट्याक्टर सडकबाट १५ फिट तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

ट्याक्टरको ठक्करबाट काभ्रेपलान्चोक जिल्लाको पाँचखालका श्याम गौतम घाइते भएका सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। उनका अनुसार घाइते गौतमको स्वास्थ्य अवस्था सामान्‍य रहेको र स्थानीय स्वास्थ्या चौकीमा उपचार भइरहेको छ। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.