|

आक्रमणको डर र अनिश्चितताबीच युक्रेन आफ्नो पूर्वी छिमेकी रुसको अर्को कदमको प्रतीक्षामा छ। पश्चिमका विभिन्न मुलुकका गुप्तचर निकायहरूले रुसले आफ्ना छिमेकी युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति जो बिडेनले बुधबारको दिन आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले युक्रेनमा 'हस्तक्षेप' गर्नेछन् तर युद्धबाट बच्न चाहेको बताएका छन्।

राष्ट्रपति बिडेन वास्तवमा रुसी सेनाले हस्तक्षेप भने गर्न सक्ने आशंका व्यक्त गरेका छन्। उनको भनाइपछि युक्रेनमा तनाव र जो बिडेनको आलोचना दुवै बढेको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार अमेरिकी राष्ट्रपतिको भनाइको जवाफ दिएका छन्। 'कसैको ज्यान गएको वा प्रियजनको मृत्यु नभएकोले मात्र यसलाई सानो हस्तक्षेप भएको मानिने आधार छैन', उनले भनेका छन्।

युक्रेनसँगको सिमानामा १ लाख भन्दा बढी रुसी सेनाले शिविर बसालेको केही हप्ता भइसक्यो। तथापि, रुसले युक्रेनमा आक्रमण गर्ने कुनै पनि योजनालाई अस्वीकार गर्दै आएको छ।

पश्चिमी मुलुकसामु रुसको माग

रुसी राष्ट्रपति पुटिनले पश्चिमासामु विभिन्न माग राखेका छन्। उनले युक्रेनलाई कहिल्यै पनि नाटोको सदस्य हुन नदिन र नाटो गठबन्धनले पूर्वी युरोपमा आफ्नो सम्पूर्ण सैन्य गतिविधि त्याग्न ती देशहरूलाई आग्रह गरेका छन्। तनावको बीचमा अमेरिकाले बिहीबारको दिन थुप्रै पूर्वी देशहरूलाई युक्रेनमा आफ्नो हतियार पुऱ्याउन अनुमति दिएको थियो।

अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केनले बिहीबार युक्रेनमा कुनै पनि रुसी घुसपैठले अमेरिका र यसका सहयोगीबाट छिटो, बलियो र एकताबद्ध प्रतिक्रिया प्राप्त गर्नेछ भन्ने कुरा हामीले सधैं स्पष्ट पारेका बताए।

यसबीच, बिहीबारको भाषणमा राष्ट्रपति जो बिडेनले आफ्नो पहिलेको बयानलाई समर्थन गरे। युक्रेनमा रुसी सेनाले गरेको कुनै पनि घुसपैठलाई आक्रमण मानिने बताए।

एन्टोनी ब्लिङ्केनले युक्रेनमाथि रुसले गरेको कुनै पनि सम्भावित आक्रमणको सामना गर्न युरोपेली मुलुकहरूबीच समन्वय गर्ने विषयमा छलफल गर्न जर्मनीको राजधानी बर्लिनमा बिहीबार प्रमुख युरोपेली मुलुकहरूका विदेशमन्त्रीहरूसँग भेटवार्ता गरेका थिए ।

यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो हैसियत जस्तोसुकै भए पनि युक्रेनमा रुसको हस्तक्षेप सम्पूर्ण विश्वका लागि खतरनाक हुने बताएका छन्।

रुसी सेनाको तैनाथी

सन् २०२१ को अगस्टमा रुसले क्रिमयामा व्यापक सैन्य अभ्यास गरेको थियो। त्यस अभ्यासको केही समयपछि रुसले पूर्वी युक्रेनको डोनबास इलाका नजिकै व्यापक हतियारहरू तैनाथ गऱ्यो। तथापि, केही हप्तापछि सिपाहीहरू हटे। यद्यपी उनीहरू फेरि फर्किएका छन्।

रुसले नोभेम्बर महिनामा आफ्नो सेना तैनाथ गर्न थाल्यो र बेलारुसमा बिस्तारै बिस्तार हुँदैछ। दुवै देशका सेनाले बेलारुसमा अभ्यास गर्ने योजना छ।

आखिर रुस के चाहन्छ ?

रुसी राष्ट्रपति पुटिनले अमेरिकाले नब्बेको दशकमा नाटो सुदूर पूर्वमा बिस्तार नहुने वाचा गरेको दाबी गर्दै आएका छन्। तर अमेरिकाले आफ्नो वाचा तोडेको छ।

'उनीले हामीलाई निराश बनाएका छन्',  पुटिनले गत महिनाको एक सम्मेलनमा भने। तथापि, तत्कालीन सोभियत संघका नेता मिखाइल गोर्बाचेभलाई प्रतिज्ञा गरिएको कुरामा दुई पक्षबीच मतभेद छ।

आजसम्म पनि भूतपूर्व सोभियत संघका सदस्य वा यसको प्रभावमा परेका थुप्रै पूर्वी तथा मध्य युरोपेली देशहरू नाटोको भाग भएका छन्। तिनीहरूमध्ये पोल्याण्ड, लिथुआनिया, लाट्भिया र इस्टोनियाको सिमाना रुससित छन्।

रुसको तर्कअनुसार नाटोको विस्तार र यसको सीमा नजिकै नाटो सेना र सैन्य उपकरणले रुसको सुरक्षाको लागि प्रत्यक्ष खतरा खडा गर्छ। रुसले सन् २०१४ मा यस प्रायद्वीपमा ऐतिहासिक दाबा गरेको भन्दै क्राइमियालाई कब्जा गरेको थियो।

युक्रेन सोभियत संघको भाग भएको छ। भ्लादिमिर पुटिन सन् १९९१ मा सोभियत संघको पतनलाई 'ऐतिहासिक रुसको विघटन' भनी सम्झन्छन्। गत वर्ष एउटा लामो लेखमा उनले रुसी र युक्रेनी दुवैलाई 'समान राष्ट्रियता' भनी वर्णन गरेका थिए। विशेषज्ञहरूको विचारमा यसले पुटिनको सोचाइ झल्काउँछ। त्यस लेखमा पुटिनले युक्रेनका वर्तमान नेताहरूले 'रुसी विरोधी परियोजना' चलाइरहेको आरोप लगाए।

युक्रेनको सिमाना पूर्वमा रुस र पश्चिममा इयू देशहरुसँग छ। तथापि, भूतपूर्व सोभियत संघका सदस्य भएकाले रुससँग उनीहरू गहिरो सामाजिक तथा सांस्कृतिक सम्बन्ध छ। युक्रेनमा रुसी भाषीहरूको संख्या लगभग १७ प्रतिशत रहेको बताइन्छ।

युक्रेनले सन् २०१४ मा रुसी समर्थक राष्ट्रपतिलाई हटायो। त्यसपश्चात रुसले दक्षिणी युक्रेनको क्रिमा प्रायद्वीप कब्जा गरेको थियो। रुसले पूर्वी युक्रेनको ठूलो भाग कब्जा गर्ने पृथकवादीहरूलाई समर्थन गऱ्यो। अनि त्यसपछि आजसम्म १४ हजार भन्दा बढी मानिसहरू रुसी समर्थक विद्रोहीहरू र युक्रेनको सैन्यबीच चलिरहेको लडाइँमा मारिएका छन्। विद्रोही र युक्रेनी सेनाबीचको यो द्वन्द्व आज पनि जारी छ। हाल यी दुईबीच युद्धविराम चलिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.