पार्टीको एमसिसी अध्ययन कार्यदलको सुझावपछि अघि बढ्ने निष्कर्ष

|

काठमाडौं : नेकपा (माओवादी) केन्द्रको पूर्व-स्थायी कमिटी सदस्यहरूको बैठकले निर्वाचन प्रक्रिया महँगो भएकाले तीनै तहको चुनाव एकैपटक गर्नुपर्नेमा जोड दिएको छ। 

शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ? भनेर छलफल भएको भएका बताए।

उनले भने, ‘अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीवीहरूको रायअनुसार कानुनविद्हरूसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ। चुनावमा सकेसम्म कम खर्चमा एकैपटक गर्न पाए हुन्थ्यो भन्ने हाम्रो कुरा हो। यो छलफल अझ पनि जारी छ।’

उनले संसदमा विचाराधीन रहेको अमेरिकी परियोजना एमसिसीबारे पार्टीले बनाएको कार्यदलको सुझावको आधारमा अघि बढ्नेसमेत बताए। 

प्रवक्ता महराले भने, ‘एमसिसीको कुरा अलि चर्को ढंगले उठेको छ। त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ। त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल हुन्छ।’ 

प्रचण्डलाई सबै अधिकार

बैठकले बाँकी रहेका संगठनात्मक कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई नै दिएको छ। कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको उनले बचाए। 

उनले भने, ‘तत्काल केन्द्रीय कमिटीको बैठक बस्ने सम्भावना छैन त्यसैले कोरोना  मत्थर नभएसम्म बैठक स्थगित गर्ने। तर, तत्काल कामको निमित्त अध्यक्षज्यूले नै अघि बढाउनुहुन्छ। तलका संगठनात्मक कामहरु बाँकी रहेका छन् भने प्रदेश र जिल्लाले नै टुंग्याउछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.