|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले टी-२० विश्वकप छनोटअघि चार देश सम्मिलित टी-२० सिरिज खेल्ने भएको छ। आइसिसी टी-२० विश्वकप ग्लोबल छनोटअघि टेस्ट राष्ट्र आयरल्यान्डसहितका देशसँग सिरिज खेल्ने तय भएको हो।

नेपालले, ओमान, आयरल्यान्ड र युएई गरी चार देशबीच एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्ने तय भएको हो। नेपालले आफ्नो पहिलो खेल ११ फेब्रुवरीमा ओमानसँग प्रतिस्पर्धा गर्दा १२ फेब्रुवरीमा युएई र तेस्रो तथा अन्तिम खेल नेपालले १४ फेब्रुवरीमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ।

१५ फेब्रुवरीदेखि ग्लोबल छनोटमा नेपालले समूह ‘ए’मा रहेर प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’मा पनि दुई समूह विभाजन गरिएको छ। जहाँ नेपालले समूह ‘बी’मा ओमान, फिलिपिन्स र क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै‚ आयरल्यान्ड, बहराइन, जर्मनी र युएई समूह ‘ए’मा छन्। समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनलमा पुग्ने दुई टोलीले अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान बनाउने छन्।

नेपालले यसअघि नै सन्दीप लामिछानको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। नेपालले पहिलो खेल फेब्रुवरी १८ मा ओमान, फेब्रुवरी १९ मा फिलिपिन्स र फेब्रुवरी २१ मा क्यानडासँग खेल्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.