|

यस वर्षको आइपिएलको मेगा अक्सन फेब्रुअरी १२ र १३ गते हुने भएको छ। शनिबार भारतीय क्रिकेट नियन्त्रण बाेर्ड बिसिसिआइले एक हजार २ सय १४ खेलाडीको सूची सार्वजनिक गरेको छ।

जसमध्ये ८९६ जना भारतीय र ३१८ जना विदेशी खेलाडी छन्। दुई दिवसीय मेगा अक्सनमा १० टिमले भाग लिने छन्। मेगा अक्सनमा ४१ एसोसिएट देशका २७० क्याप भएका खेलाडी, ९०३ जना अनक्याप खेलाडी दर्ता भएका छन्।

जसमा नेपालबाट १५ जना नेपाली खेलाडी दर्ता भएको बिसिसिआइले जनाएको छ। यस पटक ठूला खेलाडीहरूले यस टुर्नामेन्टमा भाग लिने छैनन्। वेस्ट इन्डिज  क्रिस गेलले मेगा अक्सनमा आफ्नो नाम दिएका छैनन्। यसैगरी अष्ट्रेलियाका मिचेल स्टारक, इंग्ल्याण्डका साम कुरान, बेन स्टोक्स, जोफ्रा आर्चर, जोइ रुट, क्रिस बुकले पनि आफ्नो नाम मेगा अक्सनमा समावेश गरेका छैनन्।

१७ भारतीय खेलाडी र ३२ विदेशी खेलाडीको आधार मूल्य २ करोड

मेगा अक्सनका लागि जारी २ करोड रुपैयाँको आधार मूल्यको सूचीमा ४९ खेलाडी छन्। सूचीमा १७ जना भारतीय छन् भने ३२ जना विदेशी खेलाडी रहेका छन्। भारतका लागि रवीचन्द्रन अश्विन, श्रीयास अय्यर, शिखर धवन, इशान किशन र सुरेश रैनाको यो सूचीमा परेका हुन्।

विदेशी खेलाडीमध्ये डेभिड वार्नर, काजिसो रबाडा, डबेन ब्राभो, प्याट कमिन्स, एडम जाम्पा, स्टिभ स्मिथ, शाकिब अल हसन, मार्क वुड, ट्रेन्ट बुल्ड र फाफ डु प्लेसिस छन्। फागुन १२ र १३ गते बंगलुरुमा आयोजना हुने मेगा अक्सनका लागि फ्रेन्चाइजले छुट्याएका नामहरू बोलकबोल हुनेछ।

३३ खेलाडी रिटेन

सन् २०२२ का लागि आइपिएल ३३ खेलाडीको रिटेन गरिएको छ। ८ टिमले २७ खेलाडीलाई रिटेन राखेका छन्। अर्कोतिर आइपिएलका २ नयाँ टिमले आफ्नो टिममा ६ खेलाडी थपेका छन्। केएल राहुललाई लखनउले आफ्नो टिमसँग १७ करोड रुपैयाँमा ल्याएको छ।

साथै उनी आइपिएल इतिहासकै सबैभन्दा महंगो खेलाडी बनेका छन्। यसअघि आरसिबीका पूर्व कप्तान विराट कोहलीले पनि सन् २०१८ देखि २०२१ को सिजनसम्म १७ करोड मात्र प्राप्त गरेका थिए। लखनउले केएललाई पनि आफ्नो टिमको कप्तान बनाएको छ।

आइपिएलको पहिलो ठूलो अक्सन सन् २०१८ पछि हुने भएको हो। आइपिएल २०१८ को मेगा अक्सनमा जम्मा ८ टिम थिए। यसपटक १० टिमले अक्सनमा भाग लिनेछन्। १० टिमले एकसाथ ३३ खेलाडीका लागि ३३८ करोड रुपैयाँ खर्च गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.