|

काठमाडौं : संविधानविद् भिमार्जुन आचार्यले संविधानले निर्वाचनबारे स्पष्ट व्यवस्था गरेको उल्लेख गरेका छन्। 

सामाजिक संजालमा लेख्दै संविधानविद् आचार्यले संविधानले तोकिएको समयमै निर्वाचन हुनुपर्ने व्यवस्था गरेको उल्लेख गरेका हुन्।

जसअनुसार प्रतिनिधिसभाको चुनाव संविधानको धारा ८५ अनुसार ५ वर्ष र स्थानीय तहको कार्यकाल सकिएको मितिले ६ महिनाभित्र हुने उनको तर्क छ । 

'संविधानले न चाँडो (अर्ली) न ढिलो (डिले), तोकिएको समयमै निर्वाचन हुनुपर्ने व्यवस्था गरेको छ। आचार्य लेख्छन्, ‘जसअनुसार प्रतिनिधिसभाको पाँच वर्ष (धारा ८५) ननघाएर र स्थानीय तहको कार्यकाल (पाँच वर्ष) समाप्त भएको मितिले ६ महिना भित्र (धारा २२५) निर्वाचन सम्पन्न भइसक्नुपर्छ।' 

उनले कुन महिना, कुन बार र कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ भन्ने चाहिँ संविधानले उल्लेख नगरेको व्यंग्य पनि गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.